logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा १०५७ कोरोना संक्रमणमुक्त


अंकुरण खबर
806
Shares

पछिल्लो २४ घण्टामा थप एक हजार ५७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ५६ हजार ४ सय २८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख २१ हजार ५ सय ३जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।