logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा एकैदिन तीन लाख बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
598
Shares

विश्वमा एकैदिन तीन लाख बढी मानिसहरुमा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ११ हजार ९ सय ९७ जनामा कोरोना संक्रमण भएको हो । विश्वमा कोरोना संक्रमतिको संख्या तीन करोड ४१ लाख ४६ हजार १ सय ४ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन कोरोना संक्रमणबाट ६ हजार १ सय ५९ जनाले ज्यान गुमाएका छन् । विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख १८ हजार १ सय ६८ पुगेको छ ।

त्यस्तै विश्वमा दुई करोड ५४ लाख ९ हजार ६ सय ६५ जना उपचारपछि निको भएका छन् ।