logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

आजदेखि उपत्यकामा दशैं-तिहार लक्षित सुपथ मूल्यका पसल सञ्चालन हुँदै


अंकुरण खबर
2.743K
Shares

सरकारले आजदेखि चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि काठमाडौं उपत्यकामा दशैं, तिहार छठ लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको हो । मन्त्रालयका अनुसार यस्ता पसल मंसिंर ६ गतेसम्म सञ्चालन हुनेछ ।

मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्व लक्षित पसल सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

यस्ता सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

साथै अनलाइन मार्फत समेत सामान अर्डर दिन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ ।

मन्त्रालयका अनुसार नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ पर्नेछ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ।

त्यस्तै सुपथ मूल्य पसलमा खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट हुने मन्त्रालयले जनाएको छ ।

120423191 731094521177198 4732556444303222408 n