logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


अंकुरण खबर
793
Shares

बुटवल र सुनसरीमा कोरोना भाइरस संक्रमणवाट एक–एक जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ८० वर्षीय संक्रमित पुरुषको गएराति मृत्यु भएको हो ।

मृतक बुटवल उपमहानगरपालिका आठ, सुख्खानगरका बासिन्दा हुन् । मृतक पुरुषमा १२ गते संक्रमण पुष्टि भएको थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुष रहेका छन् । उनलाई बुधबार साँझ मात्रै अस्पताल भर्ना भएका थिए ।