logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा होम आइसोलेसनमा बसेकी संक्रमितको मृत्यु


अंकुरण खबर
663
Shares

कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् ।

उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।