logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बझाङमा २५ किलो चरेससहित दुई जना पक्राउ


अंकुरण खबर
1.365K
Shares

प्रहरीले २५ किलो प्रतिबन्धित लागुऔषध चरेस सहित बझाङबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बझाङको वित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित बझाङ बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीयलाई पक्राउ गरिएको हो ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) बाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको छ ।