logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ


अंकुरण खबर
1.742K
Shares

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका(४ सेर्माथान बस्ने २४ वर्षीय अरुण लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई लामाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका९९ च्यामासिंहबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।