डा. गोविन्द केसी अहिले १९ औँ अनशनमा बसिरहेका छन ।
आठ दिनसम्म जुम्लामा अनशन बसेका डा. केसी गएको बुधवारयता काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। उनको स्वास्थ्य स्थिति खस्किँदै गएको बताइएको छ ।
तर सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाको महामारी फैलिएको यो परिस्थितिमा डा. केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका छन् ।
पछिल्लो समय आफूसँग भएका सहमतिअनुसार प्रदेशस्तरमा खुलेका चिकित्सा शिक्षा अध्ययन संस्थानहरूमा स्रोतसाधन र जनशक्ति पुर्याएर एमबीबीएसको अध्यापन तत्काल सुरु गराइनुपर्ने, मेडिकल कलेज स्थापना नगरिएका प्रदेशमा अविलम्ब त्यसको प्रक्रिया थालिनु पर्ने उनका माग छन् ।