स्थानीय दलित महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा महोत्तरी प्रहरीले १ जना सरकारी कर्मचारी (वडासचिव)लाई पक्राउ गरेको छ ।
पीडित पक्षको उजुरीका आधारमा भंगहा नगरपालिकाको वडा नम्बर ९ को कार्यालयका सचिव मिथिलेश यादवलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० टिकाबहादुर केसीले जानकारी दिए ।
एसपी केसीका अनुसार भंगहा नगरपालिकाको वडा नम्बर ९ नै घर भएकी दलित महिलाले आफूलाई वडा सचिवले पक्राउ गरेको मौखिक उजुरी प्रहरीमा दिएपछि यादवलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार महिलाले बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा मदिरा सेवन गरका वडासचिव यादवले आफूमाथि बलात्कार गरेको महिलाको भनाइ छ ।
प्रहरीले उजुरीकर्ता महिलाको मेडिकल परीक्षण लगायतका प्रक्रियाहरु अगाडि बढाइएको जनाएको छ । यस्तै, पक्राउ परेका वडासचिव यादवलाई हिरासतमा राखी जबरजस्ती करणीको कसुरमा अनुसन्धान थालिएको छ ।