logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा डेट एक्सपायर स्नीकर्स नयाँ डेट राख्दै गरेको अवस्थामा फेला


अंकुरण खबर
3.016K
Shares

प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकै एक घरमा म्याद गुज्रिएको (डेट एक्सपायर) भएको स्नीकर्स (चेकलेट)मा ठूलो परिणाममा फेला पारेको छ ।

उपभोग्य मिति सकिए पनि पुनः नयाँ मिति लेखेर बजारमा बिक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले ठूलो मात्रामा स्नीकर्स बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा छापा मार्न पुगेको महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भाडामा लिइएको २ वटा कोठामा म्याद सकिएका स्नीकर्स फेला पारेको हो । एउटा कोठामा म्याद सकिएको स्नीकर्स भेटिएको र अर्को कोठामा म्याद जारी गर्दै गरेको अवस्थामा मेसिन समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अहिले उपभोक्ता हित संरक्षण तथा वाणिज्य विभागका कर्मचारी पनि स्नीकर्स भेटिएको स्थानतर्फ जान लागेका जनाइएको छ ।