logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

साताको अन्तिम दिन सेयर बजारमा उत्साह


अंकुरण खबर
1.274K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) उछाल आएको छ ।

आज ११ बजे १५५०.४३ को बिन्दुबाट सुरु भएको कारोबार  ४ घण्टाको अवधिमा बजे सम्म आउँदा २०.६१ को अंकले बढेर १५७१.०४ को बिन्दुमा पुगेको छ । यस्तै ३ बजेसम्म आउँदा १.३३  प्रतिशतले बढेको छ ।

परिसुचक दोहोरो अंकले बढदा पनि हाइडोपावर र म्युचुअल फण्ड भने रातोमै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९३ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर ४७ हजार ३२ पटक खरिद विक्री हुदाँ २ अर्ब ८० करोड ७७ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।