कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक चिकित्सकको निधन भएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि सेवारत प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको आज कोभिड-१९ का कारणले निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएका डा सापकोटाको भेरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार डा. सापकोटाको उपचारका क्रमका बिहिबार दिउँसो पौने तीन बजेतिर निधन भएको हो । ५८ वर्षीय डा. सापकोटा ११औं तहका सरकारी डाक्टर हुन् । उनी सुगरका दीर्घरोगी थिए ।
यसअघि नेपालमा २ जना स्वास्थ्यकर्मीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ ।