राष्ट्रिय पुर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार ट्वीट गर्दै सीईओ ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको उनले बताए ।
अहिले होम आईसोलेसनमा बसेको ज्ञवालीको स्वास्थ्य अवस्था सामान्य छ ।