मोरङमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार गरिएको परीक्षणमा मोरङमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र ३९ जना महिला रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । संक्रमितमध्ये ५७ हजार ३८९ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ५०९ जनाको मृत्यु भएको छ ।
प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ९६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।