logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
819
Shares

कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक पुरुषको मृत्यु भएको छ ।

असोज ११ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो ।

रुपन्देहीको सैनामैना ७ रामापुरका उनलाई होम आइसोलेसनमा गाह्रो भएपछि असोज १३ गते अस्पताल भर्ना गरिएको थियो ।

दुई दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार रहेको थियो । उपचारका क्रममा भेन्टिलेटरमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।