logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता


अंकुरण खबर
819
Shares

सत्तारूढ दल नेकपाका अध्यक्षद्वयबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

शुक्रबार बिहान करिब साढे ९ बजेदेखि अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता भइरहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

हिजो मन्त्रीपरिषद्ले राजदूत नियुक्ति गरेको बारेमा छलफल भइरहेको स्रोतको दावी छ ।

प्रधानमन्त्रीले आफ्ना आर्थिक सल्लाहकारसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्त गर्न बिहीबार मन्त्रिपरिषदबाट सिफारिस गरेका थिए ।

राजनीतिक नियुक्ति हुँदा पार्टीमा छलफल गर्ने स्थायी कमिटी बैठकको निष्कर्ष रहेको भन्दै केही सचिवालय सदस्यले मन्त्रिपरिषदको बिहीबारको निर्णयको विरोध गरेका थिए ।