logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा दुई वर्षीय बालकसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

चितवनमा दुई वर्षीय बालकसहित थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २४ जना चितवनका र एक जना अर्घाखाँचीका रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १३ पुरूष र ४ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ वर्षीय एक बालक र ४ वर्षका २ बालकसहित ६६ वर्षीय पुरूष पनि छन् ।

खैरहनीका ५ पुरूष र रत्ननगरका एक पुरूष तथा एक महिला पनि संक्रमित भएका छन् । यस्तै अर्घाखाँची सितगंगाकी एक महिलामा पनि संक्रमण पुष्टि भएको छ ।