logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेका २८ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि


अंकुरण खबर
780
Shares

दुई दिन अघि मृत्यु भएका काभ्रेको महाभारत–२ गोकुलेका २८ वर्षीय युवकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दाहसंस्कार गरिसकेपछि आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको हो । उनलाई ज्वरो आएपछि हेलिकप्टरमा धुलिखेल अस्पताल ल्याइएको थियो । उपचारका क्रममै उनको असोज १४ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

आफन्तजले त्यहि दिन पनौति लगेर दाहसंस्कार गरेका थिए । दाहसंस्कार गरेको अर्को दिन असोज १५ गते आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष कान्छाला जिम्वाले बताए ।

अहिले युवकको सम्पर्कमा आएका व्यक्तिलाई सेल्फ आइसोलेसनमा बस्न लगाइएको छ । उनीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।