logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ


अंकुरण खबर
819
Shares

दक्षिणी झापाको सीमावर्ती गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल १ स्थित बगानमा जाँच गर्ने क्रममा आलमसँग भएको  ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए ।

आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाइ छ ।