logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरकी एक ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
650
Shares

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु भएको छ ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ७२ वर्षीया कोरोना संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१४ जतुवाकी ती महिलालाई असोज ५ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि केन्द्र भर्ना गरिएको उपचार केन्द्रका इञ्चार्ज डा. दिपक सिग्देलले बताए ।

महिलामा श्वासप्रश्वासका साथै मिर्गौलामा समेत समेत समस्या रहेको थियो ।