प्रदेश पाँचको राजधानी दाङको भालुवाङ बनाउने निर्णय प्रदेश सरकारले गरेको छ ।
शुक्रबार बसेको प्रदेश सरकारको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले नै भालुवाङ राजधानी बनाउन लिखित रुपमा प्रदेश सरकारलाई दिएको स्रोतको दाबी छ ।
दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरिएको छ ।
यसअघि राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो ।