रौतहट, गौर नगरपालिका २ महादेवपट्टीबाट श्रोत नखुलेको नगद १५ लाख रुपैयाँ सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत सितामढीका २० वर्षीय राजु कुमार कहारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका कहारलाई सोही ठाउँमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको उक्त नगद फेला पारेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।