logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेमा थपिए १३ जना नयाँ कोरोनासंक्रमित, कूल संख्या ६७३ पुग्यो


अंकुरण खबर
780
Shares

काभ्रे जिल्लामा ६७३ जनामा कोरोना पुष्टि भएको छ ।

आज थप १३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६७३ पुगेको हो ।

जस मध्ये ४४६ जना निको भएका छन् । जिल्लामा ११ जनाको संक्रमणबाट मृत्यु भएको मध्ये ४ जना भने अन्य जिल्लाका रहेका छन् ।

काभ्रेका मात्र ७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

आज महाभारत गाउँपालिकाका १ पुरुषको मृत्यु भएको थियो भने धुलिखेलका ८ जना, पनौतीका १ जना, नमोबुद्धका १ तथा भुम्लुका २ जनामा कोरोना भएको छ ।