logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २७२२ जनामा कोरोनाको संक्रमण पुष्टि, ३३०७ जना डिस्चार्ज


अंकुरण खबर
754
Shares

नेपालमा थप २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २७२२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज मात्रै कोरोनालाई जितेर ३३०७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै ६० हजार ६९६ जना निको भएर घर फर्किएका छन् ।

यता कोरोना संक्रमणबाट अहिलेसम्म ५२० जनाको मृत्यु भएको छ ।