logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा आज मात्रै थपिए १६३८ जना संक्रमित


अंकुरण खबर
689
Shares

काठमाडौंमा १२८० सहित उपत्यकामा थप १६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १६३६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंका १२८०, भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गरिएकोमा २७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।