logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तत्काल लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री ढकाल


अंकुरण खबर
1.742K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तत्काल लकडाउन नहुने स्पष्ट पारेका छन् ।

आज नेपाल उद्योग वाणिज्य महासंघ र राष्ट्रिय व्यावसायिक पहलका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री ढकालले हल्लाको पछि नलाग्न भनेका छन् ।

उद्योग–व्यवसाय विस्तारै खुल्न लागेको अवस्थामा फेरि लकडाउनको हल्लाले त्रसित बनेको निजी क्षेत्रका प्रतिनिधिहरुले बताएका थिए । स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न आफूहरु तयार रहेको भन्दै उनीहरुले फेरि लकडाउन नगर्न स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका थिए ।

जवाफमा मन्त्री ढकालले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने  र हात धुने वा स्यानिटाइज गर्ने विषय आफ्नै लागि हो भन्ने सोचको विकास गर्नुपर्ने भन्दै सजगता अपनाएर व्यवसाय गर्न आग्रह गरेका थिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्ने बताएको थियो । अहिले नै सक्रिय संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।