logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा कोरोना संक्रमितले महिलाले जन्म दिइन् स्वस्थ शिशु


अंकुरण खबर
1.885K
Shares

सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएकी छन् ।

झापा बिर्तामोडकी २९ वर्षीया कोरोना संक्रमित गर्भवतीले स्वस्थ छोरी जन्माएकी हुन् ।

उनलाई असोज १२ गते संक्रमण पुष्टि भएको थियो । वीपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएको शल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए ।

डा साहसहितको टोलीले उनको सफल प्रसूति गराएको थियो। अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको छ ।