logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.261K
Shares

गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको छ ।

थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।