logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा घाँस लिन गएकी बालिकाको बलात्कार गरी हत्या


अंकुरण खबर
2.756K
Shares

रौतहटमा फेरि एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।

रौतहटको बृन्दावन नगरपालिकामा शुक्रबार एक १४ वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको हो । बृन्दावन नगरपालिको हरैया पल्टुवामा मामाघरमा बस्दै आएकी सम्झा साह कानुको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिहान घाँस काटन गएकी सम्झा बेलुका अबेरसम्म पनि घर नफर्केपछि परिवार र स्थानीयले खोजी गर्दा अर्धनग्न अवस्थामा उनको शव उखुबारीमा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा कसैले बलात्कार गरि हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।