logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चितवनमा थपिए १८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.404K
Shares

चितवनमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १८ जना सबै चितवनका हुन् ।

भरतपुर अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ११ पुरूष र ६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २४ देखि ६८ वर्षसम्मका छन् ।

यस्तै राप्ती–४ की ६२ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा।नीतु अधिकारीले जानकारी दिइन् ।