शनिवारका लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
शुक्रबार नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति पछि आजका लागि बैठक बोलाइएको थियो।
आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकबारे महासचिवले सचिवालय सदस्यहरूलाई खबर नै नगरेपछि बैठक रोकिएको बताइएको छ ।
आज बस्ने भनिएको बैठक स्थगित भएपछि सचिवालय सदस्य बैठक आइतबार ४ बजे बस्ने छ ।
बिहीबार सरकारले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्र पुनः आन्तरिक असन्तुष्टि बढेको छ ।
प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा राजदूतहरु नियुक्तिका लागि सिफारिस गरेको भन्दै अन्य नेताहरुले विरोध जनाएका छन् । सरकारले मुख्यसचिव र तीन देशमा राजदूत नियुक्त गरेपछि नेकपाभित्र विवाद भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा गरेको राजनीतिक नियुक्तिलगायत पार्टी एकताको बाकी काम सम्पन्न गर्ने विषयमा छलफल हुने छ ।