कोरोना भाइरसको संक्रमणबाट भक्तपुरमा थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसन बसेका मध्यपुरथिमी–१ लोहकिल्थलीका ५० वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्य बिग्रिएपछि पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
पाँच दिनअघि कोरोना पुष्टि भएका ती पुरुष निमोनियाका पुराना बिरामी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका ती पुरुषलाई शुक्रबार साँझ श्वासप्रश्वासमा समस्या भएको थियो ।
योसँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।