logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीको गौरिगंगा नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

कैलालीको गौरिगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा मेयर देउवालाई कोरोना संक्रमणल पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख दीर्घराज जोशीले जानकारी दिए ।

कन्ट्याक्ट ट्रेसिङमा परेपनि मेयर देउवासहित नगरपालिकाका कर्मचारीले कोरोना परीक्षण गराएका थिए ।

नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भेटिएपछि मेयर देउवासहितको स्वाब संकलन गरिएको थियो । शनिबार आएको रिपोर्टमा मेयर देउवासहित नगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका मेयर देउवासहित १३ जनामै कुनै लक्षण भने नदेखिएको जोशीले जानकारी दिए । उनका अनुसार मेयर देउवा होम आइसोलेसनमा बसेका छन् ।