बागमती प्रदेशसभा सदस्य शशिजंग थापालाई कोरोना संक्रमण भएको छ ।
भक्तपुर क्षेत्र नं. २ क बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिवार कोरोना संक्रमण पुष्टि भएको हो । सांसद थापाले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको र नजिकको सम्पर्कमा रहेकाहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी परीक्षण गर्न समेत आग्रह गरेका छन् ।
केही दिनदेखि हल्का ज्वरो आएपछि गत असोज १२ गते परीक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ आएपनि ज्वरो निको नभएपछि पुनः शनिवार परीक्षण गर्दा पोजिटिभ देखिएको थापाले बताएका छन् ।
उनले भनेका छन् ‘विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ बाट जोगिन खोज्दा खोज्दै कहाँबाट कसरी संक्रमित हुन पुगियो पत्तै भएन ’।