logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
832
Shares

चितवनमा उपचार गराइरहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका २ दुम्कीबासका ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण आइतबार बिहान मृत्यु भएको हो ।

खोकी, श्वासप्रश्वास र कलेजोमा समस्या भएपछि उनले चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका थिए ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार उनी शनिबार अस्पतालको आईसीयूमा भर्ना भएका थिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।