logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशमा रहेका नेपालीमा कोरोना : ३९ हजार पाँच सय २८ जना संक्रमित


अंकुरण खबर
663
Shares

महामारीको रुपमा गत अंग्रेजी वर्षको अन्तिम महिना चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’बाट विदेशमा रहेका ३९ हजार पाँच सय २८ नेपाली संक्रमित भएका छन् ।

नेपालबाहेक विदेशमा रहेका मात्रै ४२ देशमा ३५ हजार नौ सय १६ जना कोरोना संक्रमण मुक्त (९२ प्रतिशत) भएका छन् भने २६६ जनाको मृत्यु भएको छ । यो साता साउथ अफ्रिकामा रहेका एक नेपालीको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २६६ पुगेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा शनिबार साँझसम्म ३९ हजार पाँच सय २८ नेपाली कोरोना संक्रमित छन् ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्‍जीव सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरस ‘कोभिड-१९’ बाट संक्रमित भएका छन् । संक्रमितमध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९७४.२० प्रतिशत हो ।

हालसम्म नेपालमा ५२८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै कोरोना भाइरसका कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ जना कोरोना भाइरसबाट मुक्त भएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्वजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाउँदै स्वास्थ्यसम्बन्धी मापदण्ड कडाईका साथ पालना गर्नुको विकल्प नभएको हुँदा सबैलाई स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन अनुरोध गरेको छ ।