logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण आइतबार बस्ने भनिएको नेकपा सचिवालय बैठक अनिश्चित


अंकुरण खबर
741
Shares

आइतबार साँझ ४ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।

‘बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन, तर प्रधानमन्त्रीको सचिवालयका ५ जना सदस्यहरुलाई कोरोना भाइरस पुष्टि भएपछि अनिश्चितता बढेको छ ।

यस्तो अवस्थामा बैठक सार्दा राम्रो हुन्छ,’ एक सचिवालय सदस्यले भने, ‘बरु एकदुई दिनपछि बस्दा पनि फरक पर्दैन ।’

शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् ।