logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाँचथर कोरोना संक्रमण मुक्त जिल्ला


अंकुरण खबर
897
Shares

कोरोना भाइरसका सबै संक्रमित निको भएपछि पाँचथर शून्य संक्रमण मुक्त जिल्ला भएको छ ।

शिक्षा स्रोत केन्द्रको भवनमा उपचार गराइरहेका चार जना निको भएर डिस्चार्ज भएपछि पाँचथरलाई शुन्य संक्रमण भएको जिल्ला घोषणा गरीएको हो ।

पाँचथरका सबै आइसोलेसन खाली गरिएको स्वास्थ कार्यालय पाँचथरका प्रमुख नारदमणी सुवेदीले जानकारी दिए । पाँचथर जिल्ला शून्य संकमण घोषणा गरिएको यो चौथो पटक हो ।

गत असार १ गते यता पहिलो पटक कोरोना संक्रमित भेटिएयता यसअघि विभिन्न मितिमा जिल्लालाई शून्य संक्रमित भनेर घोषणा गरिएको थियो ।

जिल्लामा हालसम्म २८ जनामा कोरोना संक्रमण भएको र सबैजना निको भएर घर फर्किसकेका छन् ।