संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ ।
पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि ५ दिनका लागि केन्द्रीय कार्यालय बन्द गरिएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठकका लागि असोज १५ गते पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र कर्मचारी गरी २ सय ७० जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
शनिबार आएको रिपोर्टमा कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापासहित ७० जनामा कोरोना संक्रमण देखियो । नेता तथा कर्मचारीहरुमा कोरोना देखिएपछि आइतबारदेखि ५ दिनका लागि लागि केन्द्रीय कार्यालय बन्द गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अब असोज २२ गतेसम्म कांग्रेस केन्द्रीय कार्यालय बन्द रहने छ ।