logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलनमा


अंकुरण खबर
806
Shares

स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंस्थित वीर अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक आन्दोलित भएका हुन् । उनीहरुले डा. केसीको जीवनरक्षा र माग सम्बोधनका लागि दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

उनीहरुले आजदेखि सेवा बन्द गर्न सुरु गरेका छन् । आज दुई घन्टा इमेर्जेन्सी र कोभिड उपचारबाहेकका सेवा दुई घन्टा बन्द गरेका छन् ।

उनीहरुले अबको २४ घन्टाभित्र डा. केसीसँग वार्ता सुरु गर्न माग गरेका छन् । सरकारले माग सम्बोधन नगरे कडा आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने जनाएका छन् । डा.केसी भदौ २९ गतेदेखि सत्याग्रहमा छन् ।

यता सरकारले भने अहिलेसम्म माग सम्बोधनका लागि केहि पहल गरेको छैन ।