logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक स्थगित


अंकुरण खबर
1.183K
Shares

आज आइतबार साँझ ४ बजे बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण बैठक स्थगित भएको हो । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार, सचिवालय र सुरक्षा टोलीका सदस्यसहित ७० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

कोरोना भाइरस संक्रमणकै कारण प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाट स्थगित गरेका छन् ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको  प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको सचिवालय बैठकमा सांगठनिक एकताको विषय र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरि राजदूत नियुक्तिका लागि सिफारिस गरेको भन्दै सचिवालय सदस्यहरु असन्तुष्ट बनेका छन् ।