कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड(१९ उपचार केन्द्र विराट मेडिकल शिक्षण अस्पतालमा उपचाररत उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
शनिबार श्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड–१९ उपचार केन्द्रमा रेफर गरिएको केन्द्रका व्यवस्थापक तथा स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । ती व्यक्तिमा मधुमेहको समस्या समेत थियो ।