नेपालमा थप २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २२५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर १३२९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसंगै ६४ हजार २९ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट अहिलेसम्म ५३५ जनाको मृत्यु भएको छ ।