काठमाडौं उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरिएको परीक्षणमा काठमाडौंमा १३७३ जनासहित १५९९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार काठमाडौंका १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको हो ।