logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विर्तामोडका कोरोना संक्रमित बृद्धको मृत्यु


अंकुरण खबर
806
Shares

झापाको विर्तामोड नगरपालिका ५ का कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ ।

नोबेल अस्पताल विराटनगरमा ती बृद्धको आइतबार मृत्यु भएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका उनको कोरोना परीक्षणका लागि दुई दिन अघि स्वाब संकलन गरिएको थियो । रिपोर्ट आउन अघि नै उनको मृत्यु भएको हो ।

विर्तामोडस्थित घरमा शव ल्याइसकेपछि कोरोना पोजिटिभ रिपोर्ट आएको हो ।

ती बृद्धसँग नजिक रहेका सबैलाई क्वारेन्टिनमा राखिएको छ ।