विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ ।
विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।
गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरूले बताएअनुसार गजमेर फोक्सोका बिरामी रहेकाले आइसियूमा राखेर उपचार भइरहेको थियो ।
उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ । उनले अस्पतालबाट हाम फाल्नको कारण भने खुलेको छैन ।
शव पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ ।