logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुधबारदेखि रोकिएको श्रम स्वीकृति आजदेखि पुनः सुरू


अंकुरण खबर
3.874K
Shares

गत साताको बुधबारदेखि रोकिएको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम पुनस्सुरू भएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलमा एक कर्मचारीलाई कोरोना देखिएपछि रोकिएको सेवा आजदेखि सुरु भएको हो ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले आजदेखि कार्यालय खुलेको जानकारी दिएका हुन् ।