कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका १३ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए ।
लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान भर्ना भएकी महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना पुष्टि आइतबार नै भएको थियो ।