logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थपिए १९ जना कोरोना संक्रमित


अंकुरण खबर
975
Shares

चितवनमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १९ जना सबै चितवनका हुन् ।

भरतपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ३ पुरूष र ५ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरू २० देखि ५८ वर्षसम्मका छन् ।

यस्तै राप्ती ६ का २७ वर्षीय पुरूषमा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।

खैरहनीका ६ र २ नम्वर वडाका एक महिला र एक पुरूष तथा रत्ननगरका ५ पुरूष र ३ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।