logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा एक महिलामा मृत्युपछि कोरोना पुष्टि


अंकुरण खबर
845
Shares

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा एक जना महिलाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार राति ८ बजे मृत्यु भएको हो ।

आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको पीसीआर परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार उनको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै रुपन्देहीमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।